skip this farak Kura Pravakar

साना किसान डुमवानाले मनायो २९ औं वार्षिकोत्सव एवं स्थापना दिवस ! सप्ताहव्यापी कार्यक्रममा के–के भए ?

वार्षिकोत्सव एवं स्थापना दिवस समारोहमा कसले के भने ?

381 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित साना किसान सहकारी सस्था लिमिटेड डुमरवानाको २९ औं वार्षिकोत्सव एवं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम समापन भएको छ ।

वार्षिकोत्सव समापन समारोहको पूर्वमन्त्री ज्यालाकुमारी साहले उद्घाटन गरेकी थिईन् । बारा जिल्ला क्षेत्र नं. ३ की संघीय सांसद समेत रहेकी साहले पानसमा बत्ती बालेर तथा विरुवामा जलसेचन गरेर कार्यक्रमको उद्घाटन गरेकी हुन् ।

कसले के भने ?

साना किसान सहकारी सस्था लिमिटेड डुमरवानाको २९ औ वार्षिकोत्सव एवं स्थापना दिवस कार्यक्रममा बोल्दै संघीय सांसद तथा पूर्वमन्त्री ज्वाला कुमारी साहले उचित व्यवस्था गर्न सकेको खण्डमा किसानको उत्साह बढ्दै जाने बताईन् ।

उनले पालिकास्तरबाट किसानलाई पानी र खाद्यमल व्यवस्था गर्न गम्भिरताका साथ दृढ भएर अगाडी बढ्नुपर्ने बताईन् ।

त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीले सहकारी संस्था र उपमहानगरविच सहकार्य गर्न निरन्तर संवाद भईरहेको बताए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले सहकारी संस्थाहरूले स्थानीय स्तरमा आर्थिक क्रियाकलाप प्रबद्र्धन गर्दै रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

उनले स्थानीय सरकारको तर्फबाट सहकारी अभियानलाई आवश्यक नीति, योजना र प्रविधि हस्तान्तरणमा सघाउन तत्पर रहेको स्पष्ट पारे

संस्थाका अध्यक्ष प्रदीप बरालले स्थानीय स्तरमा सहकारी अभियानको प्रभावकारिता र यसको उपलब्धिहरुको बारेमा चर्चा गर्दै आगामी दिनमा सदस्यहरूको आर्थिक सशक्तिकरण, आधुनिक कृषि प्रविधिको प्रयोग र सहकारी विस्तारलाई प्राथमिकता दिने बताए ।

कार्यक्रममा सहकारी क्षेत्रका विज्ञ, स्थानीय नेता, सस्थाका पदाधिकारी, सदस्य तथा स्थानीयवासिन्दाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पत्रकार विदुर खड्काले सांगेतिक प्रस्तुतीमार्फत सहभागिलाई आशाबादी बनाउने प्रयास गरेका थिए ।

संस्थाका अध्यक्ष प्रदीप बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वरिष्ठ प्रवन्धक राजेन्द्र जमकट्टेल र स्वागत उपाध्यक्ष सुकुमाया वाईवाले गरेका थिए ।

सहकारी तालिम सञ्चालन

सोमवार संस्थाको एकिकृत कृषि सेवा केन्द्रमा आयोजित स्थापना दिवस समापन कार्यक्रमपछि संस्थाका प्रतिनिधिलाई सहकारी तालिम दिईएको छ ।

शेयर सदस्यहरुका प्रतिनिधिका रुपमा प्रत्येक अन्तर समुहका अध्यक्षलाई वित्तीय साक्षरता सम्वन्धी प्रशिक्षण प्रदान गरिएको संस्थाका मुख्य प्रवन्धक प्रकाश रिमालले जानकारी दिए ।

साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. का नायव प्रमुख कार्यकारी अधिकृत डिसिओ झलेन्द्र भट्टराईले डुमवाना साना किसान देशभरका साना किसानको पवित्रधाम भएको बताएका छन् ।

त्यस्तै सहकारी अभियन्ता एकराज उप्रेती बचत गरिएको रकमको स्रोत खुल्ने डरले डुबेका सहकारीका सेयर सदस्यले मुख खोल्न नसकेको टिप्पणी गरेका छन् । उनले साना किसानमा ढुक्कले कारोबार गर्न सकिने अवस्था रहेको बताए ।

के-के भए कार्यक्रम ?

संस्थाका अध्यक्ष प्रदीप बारालका अनुसार दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै अपाङ्ग संघ, सिमरामा रहेका बालबालिकाका लागि एक महिनासम्म पुग्ने खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

त्यस्तै निजगढ सेवा घरमा रहेका सडकबाट उद्वार गरिएकाहरुका लागि खाद्यान्न वितरण गरिएको थियो ।

डुमरवाना सेवा केन्द्र मार्फत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गोको दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, सिमरा सेवा केन्द्र मार्फत अपाङ्ग सेवा संघ बारालाई खाद्यान्न सामग्री वितरण, कतर्वा सेवा केन्द्र मार्फत सखुवाघाट स्वास्थ्य चौकीलाई विद्युतीय उपकरण हस्तान्तरण, निजगढ़ सेवा केन्द्र मार्फत मानव कल्याण समाजलाई खाद्यान्न सामग्री वितरण तथा कोल्हवी सेवा केन्द्र मार्फत श्री आधारभूत विद्यालय फतुवा विजयपुर ९ खैरामा विद्युतीय उपकरण हस्तान्तरण गरिएको हो ।

nijgadh-supermart-adz1200-630