पूर्व राजदुत लक्की शेर्पाको हातमा केपी ओलीको रक्षाबन्धन ! ‘बा’ संग रक्षाबन्धन ?
वि.सं.२०७९ साउन २७ शुक्रवार १६:११

काठमाण्डौं–पूर्व राजदुत लक्की शेर्पालाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शर्मा ओलीले रक्षाबन्धन लगाई दिएका छन् ।
नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा पुनः फर्किएकी लक्की शर्मा माओवादीको कोटामा अस्ट्रेलियाको लागि नेपाली राजदुत नियुक्त भएकी थिईन् । एमाले छाडेर माओवादीमा गएकी शेर्पा पुनः एमालेमा नै फर्किएकी हुन् ।
उनी सीमान्तकृत समुदायबाट राजदुतको रूपमा नियुक्त हुने प्रथम महिला हुन् । उनी पहिलो संविधान सभा तथा व्यवस्थापिका संसदको सदस्य समेत हुन् । संसदमा उनी अन्तराष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिको सदस्य समेत थिइन् ।
अध्यक्ष ओलीसंग नजिक भएर पुनः एमालेमा फर्किएकी शेर्पा विभिन्न कार्यक्रममा ओलीसंग देखिदै आएकी छिन् । दिदीभाईबिच हुने रक्षाबन्धन पर्वमा शेर्पाले ओलीसंग रक्षाबन्धन बाँधेको तस्वीर सार्वजनिक गरेकी छिन् । फेसबुकमा पोष्टमा गरिएको पोष्टमा केपी बा संग रक्षाबन्धनका पलहरु भनेर अग्रेजीमा देखिएको छ ।

उनको तस्वीरमा विभिन्न प्रतिकृया आएका छन् । जसमध्ये नेकपा (एकिकृत समाजवादी) का नेता गोकर्णमणी पुडासैनीले बा सग पनि रक्षाबन्धन बाँधिन्छ र भनेको दिदी भनेर शर्पालाई प्रश्न गरेका छन् ।

वि.सं.२०७९ साउन २७ शुक्रवार १६:११

















