skip this

पदक जितेका कलैयाका खेलाडी र प्रशिक्षकलाई सम्मान

2.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-पदक जितेका कलैयाका खेलाडी र प्रशिक्षकलाई साेमबार सम्मान गरिएको छ ।

कलैया उपमहानगरपालिका कार्यालयले विभिन्न खेलमा सहभागी भई पदक जितेका कलैयाका खेलाडीहरुलाई सम्मानित गरिएको हाे ।

नगरपालिकाकाे नगर खेलकुद बिकाश समितिले आयोजना गरेको एक कार्यक्रमका बिच प्रधानमन्त्री कप महिला क्रिकेटमा बिजयी खेलाडी, देहरादुनमा पदक जितेका कराते खेलाडी तथा गुवाहाटिमा पदक जितेका खोखो खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख विनाेद साह र उपप्रमुख रौशन प्रविनले सम्मान गरेका हुन् ।


नगर खेलकुद बिकाश समितिका संयोजक एम.समिउल्लाहको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु अशोक तिवारी, रंजित चौरसिया, रजेश महता नखेबिसका सदस्यहरु दिनदयाल साह, आमोद साह लगायतकाको सहभागिता रहेको थियो ।

nijgadh-supermart-adz1200-630