skip this

सिमरामा ईच्छाको बलमिच्याइ ! मध्यरातपछि किन चलाईयो पाण्डेको घरमा ट्रिफर ?

पक्राउ परेका सालो छाडियो

4.47K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका प्रत्यासी रहेका ईच्छाबहादुर वाग्ले पुनः विवादमा तानिएका छन् ।
देशको कानुन बनाउछु भनेर चुनाव लडेका वाग्ले कानुनकै धज्जी उडाउदै जबरजस्ती सर्वसाधारणको घर भत्काएको विषयले आलोचनाको केन्द्रमा छन् । इच्छा होटलका सञ्चालक समेत रहेका वाग्लेले टिपर लगाएर घर भत्काएको भन्दै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी समेत परेको छ ।

घटना के हो ?

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ बजनीमा वाग्लेको प्लटिङ्ग व्यवसाय पनि छ । प्लटिङ्गको अगाडी लालबहादुर पाण्डेको घर छ । वाग्लेले पाण्डेलाई बारम्बार भेटेर अन्यत्र बसाइसराइ सरेर जान दबाब दिदै आएका छन् । तर, पाण्डेले वाग्लेको कुरा अस्वीकार गर्दै आएका छन् ।
पाण्डेले नमानेपछि टिपरको प्रयोग गरेर इच्छाबहादुर वाग्लेले टिपरको प्रयोग गरेर घर भत्काएको स्थानीयको आरोप छ ।

प्रहरीमा परेको जाहेरीमा ‘विपक्षी इच्छाबहादुर वाग्लेले अन्य मान्छे लगाई मेरो निजी जग्गामा बनेको पक्की घरमा टिपरले पटकपटक ठक्कर हानी पर्खाल, सटर भत्काई ९ लाख बिगो सम्पत्ति नास गरेर ज्यान मार्ने धम्की दिएको कुरा यसै पत्र साथ पेस गरेको छु,’ भनि उल्लेख छ ।
‘विपक्षीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरी कानुन बमोजिम हदैसम्मको कैद, सजाय र पीडितलाई क्षतिपूर्ति भराइ पाउँ ।’

स्थानीयका अनुसार टिपरले घर भत्काउदाको अवस्था इच्छा होटलको सीसीटीभी क्यामेराको फूटेजमा कैद छ ।
घटनाको अनुसन्धानमा वाग्ले असहयोग गरेको पाईएको छ । इलाका प्रहरी कार्यालय सिमराले घटनाबारे थप अनुसन्धान गर्नका लागि इच्छा होटलको सीसीटीभी क्यामेराको फूटेज माग्दा आनाकानी गरिरहेका छन् । टिपरको पहिचान गरेर अनुसन्धान गर्न प्रहरीले खोजेपनि वाग्ले घटना ढाकछोप गर्न खोजेका छन् ।

साउन ९ गते राति भएको घटनामा प्रहरीले अम्लेखगञ्ज, पथलैया, जीतपुर र परवानीपुरसम्मका सीसी क्यामेरामा कैद भएको फुटेज अध्ययन गरेको थियो । घटना हुनुभन्दा केही समय अघि पथलैयाबाट पहेलो रङको आइचर कम्पनीको टिपर निस्किएको र टिपरको पछिपछि एउटा स्कुटर र ईच्छाबहादुर वाग्लेको गाडी उनकै सालो सन्दिप बस्नेले चलाएको फुटेज भेटिएको छ ।

जसको आधारमा ईप्रका सिमराले शुक्रबार साँझ वाग्लेका सालो सन्दिप बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका सालो छाडियो
अनुसन्धानका लागि बस्नेतलाई नियन्त्रणमा लिएको क्षणभरमै प्रहरी संगठनकै उच्च अधिकारीबाट तत्काल छोड्न आदेश आएपछि प्रहरीले उनलाई छाडेको थियो ।

पटक–पटक विवाद
वाग्ले र पाण्डेबिच २०६८ सालदेखि पटक पटक विवाद हुदै आएको छ । जग्गा किचलोको विषयलाई लिएर बारा जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

कानुनी राज्यको उपहास गर्दै घर भत्काएपछि विवाद बाहिर आएको हो । पीडित पाण्डे परिवारले वाग्लेले मार्ने उद्देश्यले रातमा टिपर प्रयोग गरेर घर भत्काएको दाबी गरेका छन् । स्थानीय र पीडित परिवारले दोषीलाई कारबाहीको माग गर्दै सोमबार पत्रकार सम्मेलन गरेका थिए ।

nijgadh-supermart-adz1200-630