अवैध संरचना विरुद्ध ललितपुर महानगर एक्सनमा ! बन्द गरायो मञ्जुश्री पेट्रोल पम्प
मेयर महर्जन भन्छन्- बालेनको कुनै प्रभाव परेको छैन
वि.सं.२०७९ भदौ २६ आइतवार १९:३६

काठमाडौँ- अवैध संरचना विरुद्ध ललितपुर महानगर एक्सनमा उत्रिएको छ ।
ललितपुर महानगरपालिकाले लगनखेल बसपार्क नजिक सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्द गराएको छ ।
आइतबार महानगरको टोलीले केही संरचना हटाइ तार जाली लगाएर पम्प बन्द गराएको हो ।
सार्वजनिक जग्गामा रहेको उक्त पम्प खाली गर्न पटक पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगरले नै बन्द गराएको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए। उनले महानगरभित्र रहेका अवैध संरचनाको शुभारम्भ गरिएको र अब महानगर कडा रूपमा प्रस्तुत हुने बताए ।
उनले आफूले पहिलो कार्यकालको दोस्रो वर्षदेखि नै अवैध संरचना हटाउने काम सुरु गरेको भन्दै ललितपुर महानगरमा बालेन शाहको कामको कुनै प्रभाव नपरेको जिकिर गरे ।
यसअघि महानगरले लगनखेलस्थित आफ्नै भवनमा रहेको अवैध संरचना पनि हटाएको थियो ।
वि.सं.२०७९ भदौ २६ आइतवार १९:३६


















