skip this

नेरामावि लालका प्रधानाध्यापक साह नेपाल बुद्धिजीवि परिषद्को प्रदेश सदस्य निर्वाचित

2.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढ नगरपालिका वडा नम्बर १० लाल स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनानाथ साह नेपाल बुद्धिजीवि परिषद् मधेस प्रदेशको सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमाले निकट नेपाल बुद्धिजीवि परिषद्को मधेस प्रदेश सदस्यमा निर्वाचित साह निजगढकै एक मात्रै निर्वाचित सदस्य हुन्।

नेपाल बुद्धिजीवि परिषद्को दोस्रो अधिवेशनले साहलाई सदस्यमा सर्वसम्मत निर्वाचित गरेको हो ।

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले अधिवेशनको उद्घाटन गरेका थिए ।

विगत एक दशकदेखि विद्यालयको प्रशासनिक नेतृत्वमा रहेका साहले विद्यालयलाई कुशल नेतृत्व गर्दै आएका छन् ।

विद्यालयको भौतिक विकासदेखि शैक्षिक उन्ननियमा समेत प्रअ साहको भूमिका प्रशंसा योग्य छ।

साहले व्यक्तिगत रुपमा विभिन्न विद्यालय तथा संघसंस्थाहरुलाई समेत सहयोग गर्दै आएका छन्।

शिक्षणसँगै समाजसेवीको समेत पहिचान उनले स्थापित गरेका छन्।

nijgadh-supermart-adz1200-630