कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा लामा निर्वाचित
वि.सं.२०७९ पुस १३ बुधवार १६:४१
1.1K
shares

काठमाडौं । नेपाली कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् ।प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा भएको मतदानमा ३७ जनाले मतदान गरेका थिए ।
आज भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन भएका हुन् । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए ।
वि.सं.२०७९ पुस १३ बुधवार १६:४१

















