skip this yams_Max_Hospital.jpeg

शिक्षण छाडेर वैदेशिक रोजगारीमा ! फूलमाला लगाएर विद्यालयबाट विदाई

27.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिकाकी एक शिक्षिका शिक्षण पेशा छाडेर वैदेशिक रोजगारीमा जान लागेकी छिन् ।

निजगढ–१३ डम्बरपुरस्थित श्री शिवशक्तेश्वर आधारभुत विद्यालयकी शिक्षिका रिन्कु कुमारी थिङ्ग (रिना) वैदेशिक रोजागरीमा जान लागेकी हुन् ।

बिगत तीन वर्षदेखि निरन्तर कार्यरत रिना शिक्षण पेशा छाडेर माल्दिभ्स जान लागेकी हुन् । उनलाई विद्यालयमा एक कार्यक्रमका बीच विदाई गरिएको छ ।

मायाको चिनो र फुलमाला खादा लगाएर वैदेशिक यात्रा सफल र उज्ज्वल भविष्यको कामना सहित शुखद र सफल यात्राको कामना गर्दै सहकर्मीहरुले विदाई गरेका हुन् । उनी निज स्रोतमा नर्सरीदेखि कक्षा ३ सम्म अध्यापन गराउँथिन् ।

nijgadh-supermart-adz1200-630