महागढीमाईमा उपप्रमुखलाई कार्यबाहक पाउँदा बधाईको आईरो !
वि.सं.२०८० असोज १७ बुधवार १०:०१
उपप्रमुख तारादेबि कानुलाई कार्यबाहकको पत्र हस्तान्तरण गर्दै प्रमुख उपेन्द्र प्रसाद यादव ।
बारा–बाराको महागढीमाई नगरपालिकाकी उपप्रमुख तारा देबि कानुलाई सामाजिक सञ्जालमा बधाईको ओईरो छ ।
उनले पाएको बधाई उनले कुनै उत्कृष्ठ वा नमुना काम गरेको होईन की उनले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएका कारण बधाई थापिरहेकी छिन् ।
प्रमुखको अनुपस्थितिमा स्वभाविक रुपमा उपप्रमुखले कार्यबाहक पाउनु अस्वभाविक होईन् ।
तर, प्रमुख र उपप्रमुखको मनमुटाबको कारण कार्यबाहक नतोक्ने तोक्न परे वडा अध्यक्षलाई तोक्ने प्रवृति मौलाएको बेलामा यहा“ नियम अनुसार नै भएको छ ।
नगर प्रमुख उपेन्द्र प्रसाद यादव आफू कार्य ब्यस्तताले बाहिर जानुपर्ने भएपछि उपप्रमुख कानुलाई कार्यबाहकको जिम्मेवारी दिएका छन् ।
कार्यबाहकको जिम्मेवारी पाएपछि उच्च मनोबलका साथ काम गर्न बधाई दिईएको छ ।
यहाँ प्रमुख र उपप्रमुख नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उनीहरु दुवै दोहोरिएर विजयी भएका हुन् ।
वि.सं.२०८० असोज १७ बुधवार १०:०१

















