चाडपर्वको मुखमा कोल्हवी बजार अनुगमन
वि.सं.२०८० असोज १७ बुधवार ०९:२२
2.04K
shares

बारा–चाड पर्व नजिकिएसँगै बजार अनुगमन नभएको भन्दै सरकारको आलोचना भईरहेको बेलामा बाराको कोल्हबी नगरपालिकामा अनुगमन सुरु भएको छ ।
कोल्हवी नगरपालिका वडा नं. १ स्थित कोल्हबी बजारमा मंगलबार नगरपालिकाले अनगुमन गरेको हो ।

कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरीको अगुवाईमा भएको अनुगमनमा राजस्व शाखाका यज्ञराज, वडा नं. १ का अध्यक्ष राजहरण चौधरी, ईलाका प्रशासन कार्यालय कोल्हबी शाखा प्रमुख नबिन चौधरी, ईलाका प्रहरी कार्यालय प्रमुख भोलामान सिंह अधिकारी, शसस्त्र प्रहरी कार्यालय प्रमुख उमेश पौडेल, नगर उद्योग बाणिज्य संघका शम्भु साह, समाजसेवी प्रेम नारायण चौधरी र पत्रकारहरुको टोलीले कोल्हबी बजार अनुगमन गरेको हो ।
चाडपर्वको मुखमा बजारमा महङी बढेको भन्दै गुनासो आएको बेलामा अनुगमन भएको हो ।
वि.सं.२०८० असोज १७ बुधवार ०९:२२


















