skip this

महान फुटबलर पेलेको अन्तिम संस्कार आज, श्रदाञ्जली दिन घण्टौँ लाइनमा समर्थक

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गत साता निधन भएका ब्राजिलियन महान फुटबलर पेलेको आज अन्तिम संस्कार गरिदै छ । श्रद्धाञ्जलीका लागि हजारौँ समर्थक घण्टौँदेखि लामबद्ध छन्।हजारौँ मानिसहरूले पेलेले फुटबल खेलेको सान्तोस फुटबल क्लबको मैदानमा भेला भएका छन्।पेलेको शवपेटिका साओ पाउलोस्थित सान्तोस क्लबको मैदान उर्वानो काल्देराको बीचमा राखिएको छ। उक्त रङ्गशाला पुग्न मानिसहरू सडकबाटै लामो लाइनमा लागेका छन्।तीन पटकका विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा निधन भएको थियो।

मङ्गलवार उनलाई समाधिस्थ गर्नुअघि उनको शवयात्रा सान्तोसको फुटबल मैदानबाट निस्कने छ।आफ्ना अद्भुत खेलाडीको निधन पछि ब्राजिलले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। विभिन्न रोगबाट ग्रसित पेलेको अन्तिम समयमा पेटमा क्यान्सर देखिएपछि ‘मल्टी अर्ग्यान फेलियर’का कारण निधन भएको थियो।पेलेलाई श्रद्वाञ्जली दिन दक्षिण अमेरिकाका छिमेकी देशमात्र नभई विश्वभरबाट समर्थकहरू आ–आफ्नो देशको झण्डा बोकेर ब्राजिल पुगेको जनाइएको छ।

nijgadh-supermart-adz1200-630