प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईको शपथ ग्रहण आज
वि.सं.२०७९ पुस १९ मंगलवार ११:५९
1.55K
shares

काठमाडौं। पुस ७ गते शपथ लिन छुटेका प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्दैछन् । उनीहरुको शपथ ग्रहण दिउँसो साढे १२ बजे सिंहदरबारमा हुने संघीय संसद सचिवालयले जनाएको छ ।आले पारिवारीक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिन शपथ लिन सकेका थिएनन् ।
सभामुख चयन हुन बाँकी नै रहेकाले उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने छन् ।पुस ७ गतेको शपथ ग्रहण गर्न छुटेका महिन्द्र राय यादव र रामकुमार राईले भने पुस ८ गते शपथ ग्रहण गरेका थिए ।
वि.सं.२०७९ पुस १९ मंगलवार ११:५९

















