कविता : मानबिय प्रबृत्ति
वि.सं.२०७८ माघ २९ शनिवार १४:४४
1.95K
shares

-लक्ष्मी पाण्डे `दीपिका´
जीवनको बाहिरी पत्र
सुनको लेपन लगाए जस्तै
झकिझकाउ छ
मानौं जीवनसँग कुनै दु:ख छैन
न खानको दु:ख छ
न लगाउनको दु:ख छ
अभाबको अब धेरैसँग अभाव छ
कहिं जाउँ चिटिक्क परेको कार
फोनको रिङ्ग बज्ना साथ आईपुग्छ
एक पाईला पनि
कष्ट गर्न पर्दैन खुट्टाहरुलाई
घरमा नोकर चाकर
सेवा सोषुसामा तमतयार छन
शहर भरि
अब रातमा पनि अँध्यारो हराईसकेको छ
हामिले उज्यालो शहरमा
अँध्यारो खोज्न पर्यो भने
लालटिन बाल्नु पर्छ
उज्यालोले शहरलाई यसरी
अंगालो हालेको छ
चाहेर पनि उ फुत्किन सक्दैन
भौतिक सम्पन्नताको के कुरा
यो दिमागले अनुमान गर्नै गाह्रो
त्यै पनि एउटा प्राणी
खुशी, उमंगको बहार लिएर
बाँच्न सकिरहेको छैन
भित्र कता- कता उ भड्किरहेको छ
उसको जीवन
भित्रको अन्धकारमा निसासिएको छ !
-काठमाडौ
वि.सं.२०७८ माघ २९ शनिवार १४:४४

















