skip this

कविता : डिभोर्स र नारीको पीडा..!

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पवन गजुरेल, इलाम।

पोली आँगन साक्षी राखि अग्निलाई
ल्यायौ महलमा राख्छु भन्ने आश देखाइ पराइकि छोरिलाई
लगायौ सिन्दुर लगि मन्दिरमा हुन दिन्न कष्ट भनी
गर्दैछौ डिभोर्स फेरि आज किन अनि ।।

आफुले चाहेका इच्छा पूरा गरि छाडयौ एक्लै बनाई
बाजा गाजा डमरु बजेको थियोे नौमति अनि सनाई
थियोे उज्यालो मग्न मस्त खायौ सँगै बसी
फेरि केमा मनमुटाव भयो आज गर्छौ डिभोर्स अनि ।।

रङ्गी बिरङ्गी साथमा झलमल्ल बत्ती थियोे माइत छाडी परपुरुषसँग जाँदा
भन्ने के अब दुख पाए म त आए बाबू आमालाई भन्दा
पाल्छु रानी बनाई लगाउँदिन कुनै काम पनि
कस्तो भयो कहाँ किन चुक्यो गर्छौ आज डिभोर्स अनि ।।

जिन्दगी बर्वाद अब छैन जाने ठाउँ
यसरी कति दिन जिउँ पेटका लागि कराउँ
नाना थरि भन्यो समाजले बिक्ने ठाउँ भएन छनि
केमा ठक्कर पर्यो गर्छौ आज किन डिभोर्स अनि ।।

सबैको थुकि बन्नु पर्यो छैन कोहि सहारा
कति दिन बाचुँ पेटका लागि निच्याउँ दाहारा
लग्यौ जबरजस्ती कलम समाइ गर्न लायौ हस्ताक्षर पनि
किन भयो झगडा फेरि गर्यौ किन डिभोर्स आज अनि ।।

nijgadh-supermart-adz1200-630