skip this yams_Max_Hospital.jpeg

कविता : मलाई पागल भन्छन्

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निर्मल तिमल्सिना

किन कि म कोट लगाएर मनमा खोट राखेर हिंड्न जान्दिनँ
म माछा मासु जाँड रक्सी पान सुपारी केही पनि खाँदिन
म सत्य बोल्छु त्यसैले धेरैले मन पराउँदैनन्
झुठा मान्छेहरू मलाई राम्रो बताउँदैनन्
भलाद्मी को खोल ओढेर भलाद्मी जस्तो देखाँउछन् मान्छेहरू
झुठा मान्छेको संगत गर्नु भन्दा एक्लै बस्न रुचाउँछु म बरु 
यदि म मन पर्दैन भने म देखी क्रुर बन्दा हुन्छ ।

म राम्रा कुरा गर्छु मलाई पागल भन्दा हुन्छ
जे हो त्यही बोल्ने मेरो बानी छ
दु:ख र संघर्षको मेरो कहानी छ
म सक्दिनँ १० हजार तलब थापेर २५ हजार भन्दै हिंड्न
कसैलाई देखाउनको लागि म सक्दिनँ राम्रो बन्न
म जे छु त्यही नै सही छु कसैले गलत भने गलत हुँदिन
म जस्को हुनु पर्ने हो त्यसकै हुन्छु अरुको हुँदिन
बाहिर देख्दा राम्रो लुगा चट्ट परेको गोरो अनुहार
मन भित्र मैलो कालो खराब विचारको बजार
राम्रो नजर ले हेरौँ देखिन्छन् सबै आफ्नो
यस्तै छ मेरो स्वभाव हो हो हो म पागल हो
बिना परिश्रम सयन कक्षमा बसेर ठुला सपना देख्नेमा म परिनँ
नजानेर त थाहा भएन जानेर कहिल्यै अरु को मन दुखाउने काम गरिन
कर्म गर्दै जाँदा कर्मको फलको आशा लागेन
कर्म जति राम्रो गर्दै गयो फल पनि राम्रै हुन्छ भन्ने थाहा थियो।
यो आत्माले कर्म भन्दा बढी फल चाहियो भनी मागेन
म सक्दिनँ आफ्नो मातापिता सँग ठुलो आवाजमा  झर्केर बोल्न
म सक्दिनँ जसले मेरो कुरा बुझ्दैन उसँग मनका कुरा खोल्न                          
संगत राम्रो गर्नुपर्छ राम्रै कुरा सिकिन्छ
को सही को गलत समय आएपछि आफैँ देखिन्छ
आजको तिम्रो कर्म नै भोलिकाे भाग्य हो
किन बुझ्दैनौ कि तिमी आँफै तिम्रो भाग्य लेख्ने विधाता हो
कहिलेकाहीँ गलत सोच बोकेका मानिस देख्दा मन रुन्छ
यस्तै छु म हुन्छ मलाई पागल भन्दा हुन्छ ।
        
म सानालाई माया गर्छु ठुलालाई आदर गर्छु 
म सबैलाई राम्रो दृष्टिकोणले हेर्छु
म गलतलाई सही बनाउन खोज्छु
म धमिलोलाई सङ्लो बनाउन खोज्छु
म सत्कर्मको कुरा गर्छु
म भविष्यको कुरा गर्छु
म वर्तमानमा खुसी हुने कुरा गर्छु
त्यसैले होला मान्छेहरु मलाई खराब भन्छन्
त्यसैले होला म देखी टाढा बन्छन्
अचम्म लाग्छ देख्दा विलासी मनिसहरू आजकल
खै किन हो धेरै जसो मान्छेहरू भन्छन् मलाई पागल।

कसैको अपमान गर्ने बानी छैन
रिसमा गलत शब्द बोल्न आउँदैन
सबैसँग  प्रेम पूर्वक नम्र व्यवहार राख्ने गर्छु
मन सफा राखेर पुरानै वस्त्र धोएर फेर्ने गर्छु
स्वार्थी बन्न मलाई आएन
अरुलाई सानो बनाएरआफू ठुलो बन्ने सँस्कार परिवारले सिकाएन
झूट बोलेर अरुको मन जित्न आएन
आफ्नो लागि मात्र बाँच्न मेरो समाजले सिकाएन
आफ्ना हुन् भन्दैमा आफ्ना हुँदैनन
आफ्नो भएको महसुस गराउने आफ्ना हुन्छन्।

सबथोक छ यहाँ पैसा धन सम्पत्ति
खुसी छैनन मान्छे यहाँ कत्ति पनि
यहीँ छ रङ रमाइलो झिलिमिलि बत्ती
यहीँ देखिन्छ खुट्टा तान्ने प्रवृत्ति
मेरो बारेमा जे मन लाग्छ त्यही लेख्दा हुन्छ
हजुर रको नजरमा पागल देखिन्छु भने पागल नै देख्दा हुन्छ
हो म यस्तै छु मलाई पागल भन्दा हुन्छ।।
-निजगढ ७,बारा

nijgadh-supermart-adz1200-630