skip this yams_Max_Hospital.jpeg

जगरनाथपुर गाउँपालिकालाई १४ कठ्ठा जमिन दिने अध्यक्ष जालिम मियाँ मन्सुरीको घोषणा

966 shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्सा : पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले आफ्नो नाममा रहेको १४ कठ्ठा जमिन गाउँपालिकालाई दिने घोषणा समेत गरेका छन् ।
   गाउँपालिका कार्यालयमा शनिबार आयोजित छैठौं गाउँसभामा उनले यस्तो घाेषणा गरेका हुन् ।
गाउँसभाले ४० करोड ५ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
सामाजिक सुरक्षा भत्ता ७ करोड, संघीय र प्रदेश सरकारको वित्तिय समानीकरणबाट प्राप्त हुने रकम क्रमशः ११ करोड ६८ लाख र ७९ लाख ८२ हजार, प्रदेशबाट आउने विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, आन्तरिक अनुदान ६ करोड र गरिबसँग विश्वेश्वर कार्यक्रम मार्फत आउने ५ लाख ४६ हजार रुपैयाँ गरी ४० करोड ५ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको गाउँपालिकाले जनाएको छ ।
बजेटमा स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता राखिएको गाउँपालिका अध्यक्ष जालिम मियाँ मन्सुरीले जानकारी दिए । उनले गाउँपालिकामा आफूले सक्ने विकास गरेको दावी गरे । ‘एक हजार ५ सय वटा जति योजना केन्द्रबाट आयो, ३ हजारको हाराहारीमा गाउँपालिकाको योजनाबाट काम भएको छ । ५ सय वटा जति योजना प्रदेश सरकारबाट आएको थियो’ उनले भने ‘टोल टोलमा विकास पुगेको छ । पक्की हुन बाँकी रहेको सडक पनि ढलान गरेर आमा, दिदिबहिनी, छोरी बुहारीलाई चप्पल हातमा लिएर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्छु ।’ ४ हजार जेष्ठ नागरिकलाई छाता, लाइट, कम्बल बाँडिसकेको बताउँदै उनले ८ हजार परिवारलाई ग्याँस सिलिण्डर दिने तयारी भइरहेको सुनाए ।
     गाउँपालिकाले असार १० गते बजेट ल्याउनुपर्ने प्रावधान भएपनि जगरनापुरले ढिलो बजेट ल्याएको हो । गाउँपालिका अध्यक्षको घरायसी समस्या र आन्तरिक विवादका कारण गाउँ सभामा ढिलाइ भएको गाउँ कार्यापालिका सदस्यहरुले बताएका छन् । ३४ जना सदस्य रहेको गाउँ सभामा उपाध्यक्ष विश्मील्लाह खातुनसहित केही सदस्यहरु अनुपस्थित थिए ।

nijgadh-supermart-adz1200-630