skip this yams_Max_Hospital.jpeg

टी–ट्वान्टीमा बंगलादेश अष्ट्रेलियासँग पराजित

654 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : अष्ट्रेलिया बंगलादेशविरुद्धको चौथो टी–ट्वान्टी क्रिकेटमा विजयी भएको छ ।
शनिबार अष्ट्रेलियाले घरेलु टोली बंगलादेशलाई ३ विकेटले हराएको हो । ढाकामा भएको खेलमा बंगलादेशले दिएको १०५ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।
अष्ट्रेलियाको जितमा डान क्रिस्टियनले ३९ रन जोडे । एस्टन अगरले २७ रनको योगदान गर्दा मिचेल मार्शले ११ रन बनाए ।
बलिङतर्फ बंगलादेशका महेदी हसन र मुस्ताफिजुर रहमानले दुई/दुई विकेट लिए । यसअघि, पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो ।
बंगलादेशका लागि मोहमद नाइमले २८ रन जोड्दा महेदी हसनले २३ रन बनाए । अफिफ होसेनले २० रनको योगदान गरे । बलिङतर्फ अष्ट्रेलियाका एन्ड्रयु टे र मिचेल स्विपसनले तीन/तीन विकेट लिए । जोस हाजलउडले दुई विकेट झारे ।
अष्ट्रेलिया बंगलादेशविरुद्ध ३–१ ले पछि रहेको छ । बंगलादेशले शृंखला यसअघि नै जितिसकेको छ ।

nijgadh-supermart-adz1200-630