skip this bagdve 29 th

निजगढ कार्यपालिका लक्षित कोष : बागदेवमा क्रिष्टल माला बनाउने तालिम उद्घाटन

759 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका ५ बागदेवमा क्रिष्टलको माला बनाउने तालिम उद्घाटन भएको छ ।

निजगढ नगरपालिका नगरकार्यपालिकाको कार्यपालिका लक्षित कोष अन्तरगत संचालित तालिमको कार्यपालिका सदस्य शर्मिला सुनारले व्यानर वाचन गरेर उद्घाटन गरेकी हुन् ।

तालिम आयोजक संस्था निजगढ क्रियटिभ स्किल डेभलभमेन्ट प्रालिका कार्यक्रम संयोजक बलराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहदेव गौतमले गरेको थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य मिना चौरेल, वडा सदस्य आशा चौलागाई, जनजागृति सुन्दर सामुदायिक वन उपभोक्त समितिकी सचिव ईश्वरी खडकालगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यपालिका सदस्य शर्मिला सुनारको पहलमा विनियोजित बजेटबाट जेष्ठ २८ गतेदेखि आषढ ६ गते सम्म संचालन हुने तालिममा सजु पुडासैनीले प्रशिक्षण दिने छिन् ।

nijgadh-supermart-adz1200-630