skip this

निजगढ नगरपालिकाको गर्मी विदाको सूचनापछि बहस : वैकल्पिक उपाय विदा कि, विहानी सत्रमा कक्षा ?

1.79K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–अत्यधिक गर्मीको कारण बारा जिल्लाको निजगढलगायत तराई मधेशका जनजीवन प्रभावित भएको छ । अत्यधिक गर्मी बढेपछि स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिने निर्णय गरेका छन् ।

बाराका भित्री क्षेत्रमा तापमान ४२ डिग्री सेल्सियससम्म पुगेपछि निजगढ नगरपालिका र करैयामाई गाउँपालिकाले आफ्नो मातहत भित्र रहेको सबै विद्यालयलाई गर्मी बिदाको सूचना निकालेको हो ।

निजगढ नगरपालिकाको गर्मी विदाको सूचनापछि गर्मीमा वैकल्पिक उपाय गर्मी विदा कि, विहानी सत्रमा कक्षा भन्ने बहस सुरु भएको छ ।

निजगढ नगरपालिकाको आधिकारिक फेसबुक पेजमा प्रकाशित सूचनामा प्रतिकृया जनाउँदै शिद्धार्थ लोप्चनले गर्मीको बैकल्पिक उपाय निजगढ नगर शिक्षाले शितल बिहान ६ बजे देखि संचालन गरियो भन्ने उत्तम उपाय हुने शुझाव दिएका छन् ।

त्यस्तै ललिता सापकोटाले भदौमा के गर्ने भनेर जिज्ञासा राखेकी छिन् । त्यस्तै शान्तना एसपीके रिलोडेड नाम गरेका फेसबुक प्रयोगकर्ताले पौडी खेल्न विदा दिएको हो भनेर व्यङग्य गरेका छन् ।

अधिकांशले विदा दिएकोमा राम्रो मानेका छन् । बविन पौडेल लेख्छन्– अत्याधिक गर्मी बढ्दै गईरहेकोले बिदा ठिक छ ।

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजय बर्तौलाले सूचना निकालेर तीन दिन जेठ ३०, ३१ र ३२ गते विदा दिएका छन् ।

गर्मी बढेपछि कलैया, वीरगञ्ज लगायतका क्षेत्रमा विहानी सत्रमा कक्षा सञ्चालन गराईएको छ ।

nijgadh-supermart-adz1200-630