skip this farak Kura Pravakar

कलैया उपमहानगरमा दोस्रो नगरस्तरीय तेक्वान्दो प्रतियोगिता असार ७ गते हुने

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-कलैया उपमहानगरपालिका नगर खेलकुद विकास समितिको प्रायोजनमा र कलैया उपमहानगरपालिका तेक्वान्दो विकास समितिको आयोजनामा दोस्रो जिल्ला स्तरीय कलैया नगर तेक्वान्दो प्रतियोगिता हुने भएको छ।

नेपाल तेक्वान्दो संघ बारा शाखाको व्यवस्थापनमा संचालन हुने उक्त प्रतियोगिता आगामी असार ७ गते, शनिबारका दिन हुने तय भएको छ। प्रतियोगिता कलैया तेक्वान्दो कबड्डी हल ४ मा बिहान ८ बजेबाट सुरु हुनेछ।

प्रतियोगिताको उद्घाटन कलैया उपमहानगरपालिका प्रमुख श्री बिनोद साहको प्रमुख आतिथ्यमा सम्पन्न गरिनेछ।

आयोजकले सम्पूर्ण खेलकुदप्रेमी, अभिभावक, प्रशिक्षक तथा खेलाडीहरूलाई समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन आह्वान गरेका छन्।

उक्त प्रतियोगिताबाट स्थानीय प्रतिभाहरूको पहिचान र खेलकुदको स्तर वृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

कलैया नगर तेक्वान्दो विकास समिति कलैया आयोजक रहेकाे प्रतियोगिताकाे व्यवस्थापन बारा जिल्ला तेक्वान्दो संघ मधेश प्रदेश, बाराले गर्नेछ ।

nijgadh-supermart-adz1200-630