लोसपा प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन
वि.सं.२०७९ वैशाख ११ आइतवार ०७:३१
1.38K
shares

काठमाडौं । गए राति पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।झाको उपचारका क्रममा काठमाडौंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् ।
पूर्वसंविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् । ुलोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका माननीय, पूर्वमन्त्री, संविधानसभा सदस्य तथा पार्टीका नेता अनिलकुमार झाजीका धर्मपत्नी डिम्पल झाजीको दुःखद देहान्तको खबरले मर्माहत भएको छु,ु नेता सुरेन्द्रले भनेका छन् ।
वि.सं.२०७९ वैशाख ११ आइतवार ०७:३१

















