skip this hetauda tech

बजारमा पेट्रोलियम पदार्थका कृत्रिम अभाव हुने डर पैदा भएको छ : माधव तिमल्सिना [अन्तर्वार्ता]

माधव तिमल्सिना, अध्यक्ष, उपभोक्ता अधिकार अनुसन्धान मञ्च

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

नेपाल आयल निगम र ढुवानी व्यवसायीबीच भाडादर पुनरावलोकन सम्झौता कार्यान्वयन नभएको निहुँमा पेट्रोलियम ढुवानी व्यवसायीले देशभर इन्धन आपुर्ति रोक्न थालेका छन् । दसैँ तिहारजस्ता चाडपर्वको मुखमा आएको बेलामा हुन लागेको अवरोधले आमउपभोक्तालाई कस्तो असर पर्छ भनेर उपभोगक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना संग गरिएको कुराकानी :

 

पेट्रोलियम ढुवानी व्यवसायीले देशभर इन्धन आपुर्ति रोक्न थालेका यसले उपभोक्तालाई कस्तो असर पार्ला ?

–दसैँ तिहारजस्ता चाडपर्वको मुखमा अत्यावश्यक वस्तुमा सूचीकृत पेट्रोलियम पदार्थको आपुर्तिमा अवरोध हुन थालेको विषयले आमउपभोक्तालाई चिन्तित तुल्याएको छ । यसले बजारमा पेट्रोलियम पदार्थका कृत्रिम अभाव हुने डर पैदा भएको छ ।

निगम र ढुवानी व्यवसायीबीच भाडादर पुनरावलोकन सम्झौता कार्यान्वयन नभएको निहुँमा उपभोक्तालाई दुःख दिन मिल्छ ?

–निगमको व्यवस्थापन र ढुवानी व्यवसायीबीच के –कस्तो सम्झौता भएको छ भन्ने आमउपभोगक्ताको चासोको विषय होइन । बजारमा निर्वाध रुपमा पेट्रोलियम पदार्थ उपलव्ध हुनुपर्छ । निगम व्यवस्थापनले आपूर्ति सहजताका लागि सार्थक पहल गर्न सक्दैन भने सरकारले हस्तक्षेप गरेर भए पनि आपूर्ति रोकिन दिनुहुँदैन ।

अत्यावश्यक वस्तुमा पर्ने पेट्रोलियम ढुवानीमा बारम्बार हडताल हुँदा पनि सरकारले कारबाही गर्न किन नसकेको होला ?

–सरकारले आवश्यक सेवा संरक्षण ऐन ०१२ लागु गरेर पेट्रोलियम पदार्थमा हडताल निषेध गरेको छ । कसैले हडताल गर्छ भने कानुअनुसार कारबाही गर्न सरकार अग्रसर हुनुपर्छ । विगतमा सरकारले कारबाही नगर्दा व्यवसायीको मनोबल बढेर बारम्बार हडताल हुने गरेको छ ।

–नयाँ पत्रिका दैनिकबाट

nijgadh-supermart-adz1200-630