कञ्चनपुरमा लागूऔषध चरेससहित एक जना पक्राउ
वि.सं.२०७९ असार १२ आइतवार ०८:२४
1.07K
shares

काठमाडौं । कञ्चनपुरमा लागूऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–७, हल्दुखाल २६ वर्षीय किशन दमाई पक्राउ परेका छन् ।उनको साथबाट ४७.५५ ग्राम लागूऔषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
वडा प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी विट सालघारीबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार भीमदत्त नगरपालिका–१८, सालघारीस्थित नयाँ कटानको पक्की सडकखण्डबाट पक्राउ गरेको हो।
वि.सं.२०७९ असार १२ आइतवार ०८:२४

















