skip this farak Kura Pravakar

मोरङमा एम्बुलेन्स र मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मोरङमा एम्बुलेन्स र मोटरसाइकलको ठक्करका कारण दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। कोसी लोकमार्गअन्तर्गत बूढीगंगामा एम्बुलेन्स र मोटरसाइकल ठक्कर दिदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा एक जना सुरक्षा गार्ड र अर्का एक जना वृद्ध पुरुषको मृत्यु भएको छ। एम्बुलेन्सको ठक्करबाट वृद्ध पुरुष र मोटरसाइकलले ठक्कर दिँदा उद्योगका सुरक्षा गार्डको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ४४१४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा साइकलयात्री बूढीगंगा गाउँपालिका–४ का ६९ वर्षीय मंगल रामको मृत्यु भएको हो। साइकलमा सडक पार गर्दै गरेका बेला एम्बुलेन्सले राति ८ बजेतिर ठक्कर दिँदा वृद्ध गम्भीर घाइते भएका थिए। उपचारका क्रममा बूढीगंगाकै विराट शिक्षण अस्पतालमा राति १२: ३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

पैदल हिँडिरहेका बेला राति ८:४० बजेतिर दुर्घटनामा परेर श्रेष्ठ गम्भीर घाइते भएका थिए। उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा आइतबार बिहानका राति ३ः४० बजेतिर उनको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।

दुर्घटनालगत्तै एम्बुलेन्स चालक फरार बनेका छन्। दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय विकाश श्रेष्ठ र पछाडि सवार २३ वर्षीय शेसल परियार घाइते भएका हुन्। उनीहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

nijgadh-supermart-adz1200-630