सामुहिक राजिनामा दिने घाेषणा गरेका बाराका माओवादी के गर्दैछन् ?
वि.सं.२०७९ कात्तिक ३ बिहीवार १५:३५
2.24K
shares

बारा- बारा क्षेत्र नं. १ `क´ मा उम्मेदवार नपाए माओवादी नेताहरुले सामुहिक राजिनामा दिने घाेषणा गरेकाे माओवादी नेताहरु चुनावमा कसरी अघि बढ्ने विषयमा छलफलमा जुटेका छन् ।
बाराकाे काेल्हवीमा पार्टीका पाेलिटब्युराे सदस्य गाेपाल ठाकुरकाे उपस्थितिमा त्यस क्षेत्रका प्रदेश कमिटी र पालिका कमिटीका अध्यक्ष, सचिवकाे उपस्थितिमा बैठकमा विहिबार जुटेका छन् ।
२१ असाेजमा नेकपा (माओवादी केन्द्र) काे त्यस क्षेत्रका मधेस कमिटी, निजगढ, काेल्हवी, बारागढी, सिम्राैनगढ नगर कमिटीका पदाधिकारीको बैठकले सामुहिक राजिनामा दिने निर्णय गरेकाे थियाे ।
याे क्षेत्रमा प्रतिनिधि सभामा कांग्रेसका उमाकान्त चाैधरी, प्रदेश (क) मा कांग्रेसकै रमेश दंगाललाई उम्मेदवार छनाेट भएकाे छ ।
वि.सं.२०७९ कात्तिक ३ बिहीवार १५:३५

















