skip this

बारा क्षेत्र नं. १ `क´ मा माओवादीले उम्मेदवार नपाए सामुहिक राजिनामा दिने

3.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बारा क्षेत्र नं. १ `क´ मा उम्मेदवार नपाए माओवादी नेताहरुले सामुहिक राजिनामा दिने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) काे त्यस क्षेत्रका मधेस कमिटीर निजगढ, काेल्हवी, बारागढी, सिम्राैनगढ नगर कमिटीका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेकाे हाे ।

काेल्हवी नगर कमिटी अध्यक्ष रामचन्द्र साफिकाे अध्यक्षतामा भएकाे बैठकमा बारा क्षेत्र नं. १ काे प्रदेश निर्वाचन क्षेत्र `क´ गठबन्धनको मर्म अनुसार माओवादीकाे भागमा पर्नुपर्ने र अन्यथा सामुहिक राजिनामा दिने र चुनावि गतिविधिमा सहभागी नहुने निर्णय गरेकाे हाे ।

बैठकमा सहभागी निजगढ नगर कमिटी अध्यक्ष सन्ताेष दंगालले बारा क्षेत्र नं. १ काे पाँच वटा पालिकाकाे पदाधिकारीदेखि सदस्यसम्मले राजिनामा दिने जानकारी दिए । उनका अनुसार साे क्षेत्रबाट प्रदेश कमिटीमा रहेका नेताहरुकाे पनि सहमति रहेकाले उनीहरुले पनि राजिनामा दिनेछन् ।

बैठकले गरेकाे निर्णय पार्टी अध्यक्ष र प्रदेश अध्यक्षलाई जानकारी गराउने निर्णय भएकाे छ ।

याे क्षेत्रकाे प्रतिनिधि सभा कांग्रेसले पाउने पक्का भएकाे छ । कांग्रेसबाट खानेपानी मन्त्री उमाकान्त चाैधरीकाे उम्मेदवारी दिने पक्कापक्की छ ।

nijgadh-supermart-adz1200-630