skip this

आफ्नै तलबले यम बुद्धको सालिक बनाउँने मेयर बालेन शाहको घोषणा

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । दिवंगत र्‍यापर यम बुद्ध (अनिल अधिकारी)को शालिक बनाउने काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)लेघोषणा गरेका छन्। बालेनले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेका हुन्।

आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउँने घोषणा गरेका हुन । शुक्रवार यम बुद्धको शालिक बनाउन महानगरको बजेटबाटै रकम छुट्याइएको सार्वजनिक भएको थियो। सो कुरा सञ्चार माध्यममा आएपछि शालिक बनाउने विषयमा बालेको पक्ष र विपक्षमा मत जाहेर भएका थिए।

अधिकांशले यम बुद्धले नेपालको संगीत क्षेत्रमा ठूलै योगदान पुर्‍याएको भएपनि उनको शालिक नै बनाउने निर्णयको भने आलोचना गरेका थिए। आज भने मेयर बालेनले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’

nijgadh-supermart-adz1200-630