skip this

वडा अध्यक्षले शिक्षक हाजिरी कब्जामा लिएपछि निर्णय कार्यान्वयन गर्न एक्सनमै उत्रिए मेयर !

2.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जीतपुरसिमरा उपमहानगरपालिकामा वडा अध्यक्षहरुको अराजकता कति छ भन्ने बुझ्न मंगलबार सिमरा स्कुलमा भएको एउटा घटनाले थप उजागर गरेको छ ।

नगर शिक्षा समितिले सर्वसम्मत गरेको शिक्षक सरुवा सम्बन्धि निर्णय कार्यान्यवन हुन नदिन २ नं. वडाका वडा अध्यक्ष धनबहादुर श्रेष्ठले शिक्षिकाको हातबाटै रजिष्टर खोस्नेदेखि हाजिरी रजिष्टर कब्जा गर्नेसम्मको हर्कत देखाएका छन् ।

शिक्षा समितिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा जीतपुरबाट सरुवा भई आएकी शिक्षिका सिता अधिकारीलाई हाजिर हुन नदिन वडा अध्यक्ष श्रेष्ठले विद्यालय प्रशासनलाई दबाब दिदै आएका थिए ।

तीन महिनादेखि विद्यालय जाँदै हाजिर र पढाउन नपाई फर्किनु पर्ने अवस्था भोग्दै आएकी शिक्षिका अधिकारीलाई मेयर पौडेल २७ साउनमा विद्यालय पुगेर हाजिर गराएका थिए ।
त्यसयता नियमित हाजिर गर्दै आएकी शिक्षिकालाई मंगल वडा अध्यक्ष श्रेष्ठले हाजिर गर्दागर्दै रजिष्टर खोसेर दुव्र्यवहार गरे । वडा अध्यक्ष श्रेष्ठले दुव्र्यवहार गरेर हाजिर गर्न नदिएपछि विद्यालयमा सञ्चारकर्मी, राजनीतिकर्मी समेत पुगे ।

मेयर पौडेल नगर प्रहरीसहित विद्यालय पुगे । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी टोली समेत विद्यालयमा पुग्यो । विद्यालयको नयाँ प्रशासनिक भवनमा बसेर मेयर पौडेलले घटनाबारे जानकारी लिएर तत्काल हाजिर गर्न प्रधानाध्यापक शंकर आर्चायलाई निर्देशन दिए ।

हाजिर गराउने कार्य प्रशासनिक कार्य भएको र त्यो अधिकार आफ्नो भएको भन्दै प्रधानाध्यापक आर्चायले वडा अध्यक्ष श्रेष्ठको दबाबको कारण हाजिर हुन नसकेको बताए ।

निर्देशनपछि प्रधानाध्याक आर्चायसहित मेयर पौडेल र वडा अध्यक्ष श्रेष्ठ पुरानो प्रशासनिक कक्षमा पुगे र दराजबाट हाजिरी रजिष्टर निकाले । उनलाई वडा अध्यक्ष श्रेष्ठले हाजिर नराउने भन्दै रजिष्टर ननिकाल्न भन्दै थिए । प्रधानाध्यापक आर्चायले हाजिर गराउने भन्दै वडा अध्यक्ष श्रेष्ठलाई विवाद नगर्न आग्रह गरे । तर, उनी मान्न तयार भएनन् ।

मेयर पौडेलले हाजिर गराउन भनिरहेका थिए । तर, वडा अध्यक्ष श्रेष्ठले अवरोध गरिरहे । हाजिर गराउने तयारी भईरहेको बेलामा वडा अध्यक्ष श्रेष्ठले हाजिरी रजिष्टर कब्जामा लिए । त्यसपछि मेयर पौडेलले हाजिर गराउन वडा अध्यक्ष श्रेष्ठको हातबाट रजिष्टर खोस्ने प्रयास गरे । वडा अध्यक्ष र मेयर बीच विवाद भएपछि मेयर पौडेलले प्रधानाध्यापकको कार्यकक्ष खालि गराएर हाजिर गराउन प्रधानाध्यापकलाई अनुकुल वातावरण बनाए । तर अन्तिम समयमा प्रधानाध्यापक आर्चायले विवाद भएको भन्दै हाजिर गराउनबाट पन्छिएका छन् ।

वडा अध्यक्ष श्रेष्ठको अराजक गतिविधि र प्रधानाध्यापक आर्चायको गैरजिम्मेवारीले नगर शिक्षा समितिको निर्णय कार्यान्यवन गर्न भएको अवरोधले निकाश पाएन ।

nijgadh-supermart-adz1200-630