तामागढी–रतनपुर सडकको लाल पार्कमा रुखको हाँगा भाँचिएर झर्दा मोटरसाईकलमा सवार महिलाको मृत्यु

वि.सं.२०८१ साउन २९ मंगलवार १९:२९

बारा–निजगढको तामागढी–रतनपुर सडकको लाल पार्कमा रुखको हाँगा भाँचिएर झर्दा मोटरसाईकलमा सवार एक महिलाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो करिब तीन बजे निजगढ नगरपालिका–१० लालटोलदेखी रतनपुरतर्फ आउँदै गरेको प्र २–०२–०१७ प ९६३५ नं. को मोटरसाईकलमाथि एक्कासि रुखको हाँगा भाचिन गई मोटरसाईकलमा बज्जारिन पुगेको थियो ।
मोटरसाईकलमा सवार सुमन बम्जनको श्रीमती अन्दाजी २२ वर्षिया अस्मिता मुक्तानको टाउकोमा चोट लागि घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
दिशा छुट्याउन बोर्ड राखिएको भुकोटको रुखको हाँगा भाचिएर लाग्दा मोटरसाईकलका चालक १८ वर्षिय सन्देश बम्जन र मोटरसाईकलमा सवार निजगढ १३ की २२ वर्षिया बिनिता भुलोन घाईते भएका छन् । निजगढस्थित स्वास्थ्य संस्थामा उपचारपछि उनीहरु घर फर्किएका छन् ।

वि.सं.२०८१ साउन २९ मंगलवार १९:२९