आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्यलाई लज्जित बनाएको छ –शेखर कोइराला

114 shares

काठमाडौं । मंगलबार दिउँसो संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन ।

नेता कोइरालाले लाहामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणितमा मै अल्झिरहने भन्दै प्रश्न गरेका छन् । आज बिहान आत्मदाहको प्रयास गर्ने इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको छ ।