skip this

एमाले र एकीकृत समाजवादीबीच भेटवार्ता, नेम्वाङको पक्षमा मागे मत

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेकपा (एमाले)बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज भेट गरेका छन् । भेटका क्रममा नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग आग्रह गरेका छन् । उम्मेदवार नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र डा.विमला राई पौड्याल सहभागी भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् । उनका अध्यक्ष नेपालले नेम्वाङलाई मत मागेको धन्यवाद व्यक्त गरेका थिए ।

उक्त भेटमा नेकपा (एकीकृत समाजवादी) बाट पार्टी अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा सहभागी रहेका थिए । राष्ट्रपतिको चुनाव नजिकिएसँगै नेपाली कांग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेल र एमालेका नेम्वाङमा भेटघाटमा व्यस्त छन् । नेकपा (एकीकृत समाजवादी)ं ले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार पौडेललाई सघाउने निर्णय गरिसकेको छ ।

nijgadh-supermart-adz1200-630