skip this

एनसीसी र कुमारी बैंकबीच मर्जर सहमति : नाम कुमारी, सिईओ अर्याल

1.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-अन्ततः लामो प्रयासपछि नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ। दुबै बैंकबीच सोमबार एक कार्यक्रमका बीच मर्जर सम्झौतामा हस्ताक्षर भएको हो।

एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटी संयोजक कृष्णप्रसाद ज्ञवालीले दुई बैंकबीच १:१ स्वाप रेसियो हुने गरी मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् । तर, बैंकको यकिन स्वाप रेसियो भने डीडीएपछि थाहा हुने बताइएको छ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल हुने मर्जर कमिटीले जनाएको छ।

मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने तथा एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने पनि जनाइएको छ।

-यो समाचार कारोबार दैनिकमा छ ।

nijgadh-supermart-adz1200-630