skip this

बारामा छुट्टा–छुट्टै आगलागीमा लाखौंको क्षति

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बारामा दुई छुट्टा–छुट्टै स्थानमा भएको आगलागीको घटनामा लाखौंको धनमालको क्षति भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका–१ ढाट टोलका भएको आगलागीमा परेर ५ वटा खसिबाख्रा, चामल, दाल, लात्ता कपडा र भाँडाकुँडा गरी ४ लाखको क्षति भएको छ ।

स्थानीय भोला मुखियाको फुसको गोठ घरमा लामखुट्टे धपाउनको लागि बालिएको आगोबाट सल्किएको आगोले फुसको घर, गोठ र सोही स्थान बस्ने शिवचरण मुखियाको फुसको घर समेतमा आगलागि भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।

बुधबार राति ११ बजेको समयमा लागेको आगो प्रहरी, दमकल र स्थानीयको सक्रियतामा मध्य रात १२ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

त्यस्तै सुबर्ण गाउँपालिका–३ जमुनियामा आगलागी हुदाँ ३ लाख ५ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

आगालागिमा गोठघर र मोटरसाईकल चलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागिमा बा ७० प ४३५० नम्बरको मोटरसाइकल र एउटा साईकल समेत जलेर पुर्ण रुपमा नष्ट भएको हो ।

स्थानीय प्रसाद महतोको सानो गाईको गोठमा मच्छर भगाउन बालेको आगोवाट गोठघरमा आगलागी भएको हो ।

सिम्रौनगढ र सुबर्णमा भएको आगलागीबाट कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630