skip this farak Kura Pravakar

एक्सन उत्रिए मन्त्री श्रेष्ठ ! यातायात कार्यालय एकान्तकुनामा छड्के

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिक रूपमा यातायात कार्यालय एकान्तकुना पुगेका छन् । मंगलबार विहानै छड्के जाँच गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ एकान्तकुना पुगेका हुन् ।

सेवाग्राहीले गुनासो गरेपछि यातायात कार्यालयमा पुगेर स्थलगत रूपमा अनुगमन गरेको स्वकीय सचिव विजय गौतमले बताए । यातायात कार्यालयका चार विभागमा मन्त्रीले छड्के अनुगमन गरेको स्वकीय सचिव गौतमले बताए ।

जसमा लाइसेन्स विभाग, सवारी अनुगमन, सवारी जाँचपास र ट्रायल हुने विभागमा अनुगमन गरिएको बताए । अब ठुलो भ¥याङमा अनुगमन गरेपछि गर्जुधारामा रहेको ट्रायल सेन्टरमा समेत अनुगमन गर्ने तयारी छ ।

nijgadh-supermart-adz1200-630