हामी हेरेर बस्दैनौँ, हेरेर बस्ने हो भने हाम्रो काम छैन –नारायणकाजी श्रेष्ठ
वि.सं.२०७९ पुस १९ मंगलवार १२:५२

काठमाडौं। छिट्टै नै यातायात व्यवस्था सेवा सुधार कार्ययोजना ल्याउने उप्रपधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलेबताएका छन् ।आज एकान्तकुना र ठूलो भर्याङस्थित यातायात कार्यालयको अनुगमनपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले तत्काल यातायात व्यवस्था सेवामा सुधार गर्छौं
उनले सुशासन र चुस्त सेवा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै संघ र प्रदेश सरकारबीच समन्वय गरेर तत्काल यातायात व्यवस्था सेवामा सुधार गर्ने बताएका छन् । कर्मचारी थप्न पर्ने ऐनअनुसार थप्ने र बिहानदेखि आएर पैसा तिर्नदेखि लाइसेन्स लिन देखिएका लाइन बस्नुपर्ने समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेशले कार्ययोजना बनाए पनि त्यसलाई कार्यान्वयन चरणमा लैजान नसेकेको उल्लेख गर्दै उनले जनताले तुरुन्तै पाउनुपर्ने सेवा नपाएको अवस्था रहेकाले त्यसलाई सुधार गर्ने कार्ययोजना तुरुन्तै बनाउने जिकिर गरेका छन् । हामी हेरेर बस्दैनौँ, हेरेर बस्ने हो भने हाम्रो काम छैन भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले भने ।
वि.सं.२०७९ पुस १९ मंगलवार १२:५२
















