निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने मन्त्री राईको चेतावनी
वि.सं.२०७९ साउन २३ सोमवार १६:४३
849
shares

काठमाडौं । नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले चेतावनी दिएका छन् ।
आज प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरूलाई तह लगाउने चेतावनी दिएका हुन् ।
उनले मन्त्रालयले त्यस्ता ठेकदारहरूको खोजी गरिरहेको र बिस्तारै ठीक लगाउने बताए । मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरूलाई सरकारले नछोड्ने बताए ।
वि.सं.२०७९ साउन २३ सोमवार १६:४३

















