skip this

मधेसमा मन्त्रालय फुटाएर सुरितालाई दिईयो खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी

झण्डै ६ महिनादेखि मन्त्रालयविहीन भएकी थिईन

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–मधेस प्रदेशमा भागबन्डा मिलाउन मन्त्रालय फुटाईएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले शुक्रबार शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएको छ ।

मन्त्रालय फुटाएसँगै सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन समेत गरिएको छ । लामो समयदेखि जिम्मेवारीविहिन अवस्थामा मुख्यमन्त्री कार्यालयमा विना विभागीय मन्त्री सुरिताकुमारी साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

शिक्षा तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारीमा रहेको महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

महेश प्रसाद यादव

असोज १७ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय र मुख्यमन्त्री कार्यालयको सिफारिसमा शुक्रबार साहलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।

साविकको सामाजिक विकास मन्त्री रहेकी साह मन्त्रालयको नाम र कार्यविभाजन हेरफेर गरेपछि झण्डै ६ महिनादेखि मन्त्रालयविहीन भएकी थिईन ।

प्रदेश प्रमुखले आज सो सिफारिसलाई प्रमाणीकरण गरेपछि उनले मन्त्रीको जिम्मेवारी पाएकी छन् । प्रदेश प्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा (९) बमोजिमको कार्य जिम्मेवारी र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

१२ मन्त्री र दुइ राज्यमन्त्री मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।

nijgadh-supermart-adz1200-630