तेस्रो निजगढ नगर स्तारिय चौतारा भेट्रान्स फुटबल वर्षातको कारण सर्यो
वि.सं.२०८० असोज १९ शुक्रवार २१:२७

बारा–बाराको निजगढ नगरपालिका–७ योजना टोलमा सञ्चालन हुन लागेको तेस्रो निजगढ नगर स्तारिय चौतारा भेट्रान्स फुटबल प्रतियोगिता वर्षातको कारण सरेको छ ।
चौतारा यूवा क्लबको आयोजनामा नेत्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता अब असोज २४ गतेदेखि सञ्चालन हुने भएको छ ।
२३ असोजमा सुरु गर्ने कार्यतालिका बनेपनि वर्षातको कारण खेल मैदानमा पानी जमेपछि खेलको तालिका एक दिन पर सारिएको क्लबका अध्यक्ष दिल बहादुर पुलामीले जानकारी दिए ।
दशैं पर्वको अवसर पारेर आयोजना हुँदै आएको प्रतियोगिताका विजेताले ३० केजीको खसी, उपविजेताले २० केजीको खसी प्राप्त गर्नेछ ।
त्यसैगरि टप स्कोररले गोल्डेन बुट, प्लेयर अफ द टुनामेन्टले गोल्डेन बल र बेष्ट गोल्डकिप्परले ट्रफि प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ४० वर्ष उमेर कटेका खेलाडीले प्रतिस्पर्धामा सहभागि हुन पाउने छन् ।
वि.सं.२०८० असोज १९ शुक्रवार २१:२७

















