skip this

बालकुमारीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गएराति ललितपुरको बालकुमारीमा भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।बा ५७ प ३१४३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको जीपले ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नम्बर ८ का आशिष लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा राति ११ बजे बीएण्डबी अस्पताल ग्वार्कोमा ज्यान गएको हो ।जीप चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630