skip this

केन्द्रिय राजनीतिमा हस्तक्षेप गर्नुपर्ने भएकाले हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान स्थगित : श्रेष्ठ

निजगढस्थित राजमार्ग होटलमा पार्टीका कार्यकर्ता तथा विद्यार्थीसँग भेटघाट

1.88K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केन्द्रिय राजनीतिमा हस्तक्षेप गर्नुपर्ने भएकाले हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान स्थगित भएको बताएका छन् ।

बाराको निजगढस्थित राजमार्ग होटलमा पार्टीका कार्यकर्ता तथा विद्यार्थीसँगको भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्री समेत रहेका नेता श्रेष्ठले हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सकेर बैशाखदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित हुने योजना रहेको उल्लेख गर्दै केन्द्रिय राजनीतिमा हस्तक्षेप गर्न तल्लो तहमा अभियान स्थगित गरिएको जानकारी दिए ।

माओवादी अहिले पार्टी पुर्ननिर्माण र जनतासँगको सम्वन्ध सुढृढीकरणको अभियानमा रहेको बताउँदै नेता श्रेष्ठले त्यसपछिको ६ महिना महाधिवेशनको तयारीमा जुट्ने जनाए ।

नेता श्रेष्ठले महाधिवेशनले वैचारिक स्पष्टता र विकासका लागि आजको आवश्यकताको आधारमा पार्टीको नेतृत्व निर्माणको टिमसहित अघि बढ्ने बताए ।

पार्टी निजगढ नगर कमिटी अध्यक्ष सन्तोष दंगालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकता र पार्टीबाट निर्वाचित जनप्रतिनिधि, अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरु सहभागि थिए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का यूवा नेता रविराज दंगालले सिस्नेरी पहिरोमा ज्यान गुमाएका फुटबल खेलाडी विकल रेग्मीको न्यायको लागि पहल गरिदिन आग्रह गरेका थिए । स्व. विकलकी आमा कमला रेग्मीले एन्फाले लापरवार्हीको कारण आफुले छोरा गुमाउनु परेका भन्दै न्यायका लागि आफु भौतारि रहेको बताए ।

घटनालाई पार्टीले गम्भिर रुपमा लिएर पीडितको पक्षमा आवाज उठाईरहेको जानकारी दिदै नेता श्रेष्ठले प्रदेश सरकारसँग समेत आफुले कुरा गर्ने जानकारी दिए

nijgadh-supermart-adz1200-630