नेपाल थाइल्याण्डसँग २-० ले पराजित
वि.सं.२०७८ चैत १० बिहीवार २२:०८

काठमाडौं । थाइल्यान्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । विहिबार सम्पन्न खेलमा थाइल्याण्डले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा थाइल्याण्डले दोस्रो हाफमा दुई गोल गरेको थियो ।
थाइल्याण्डले फिलिप रोलरले खेलको ७८औँ र चाओवाट वीराचार्टले ८९औँ मिनेटमा एक एक गोल गरेका थिए ।
नेपालले थाइल्याण्डसँग खेलेको यो चौथो खेल हो । पछिल्लो पटक थाइल्याण्डसँग २००८ मा खेलेको नेपाल ७-० गोल अन्तरले पराजित भएको थियो । नेपालले थाइल्याण्डसँग अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।
थाइल्यान्ड पछि नेपालले थाई शीर्ष डिभिजनको चोनबुरी एफसीसँग १३ गते खेल्ने तालिका रहेको छ ।
नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप-२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्येनजर गर्दै यो मैत्रीपूर्ण खेल खेलिएको हो ।
वि.सं.२०७८ चैत १० बिहीवार २२:०८

















