कांग्रेसको घोषणापत्रमा यसरी थपियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
जव मन्त्रीको सचिवालयमा खैलाबैला मच्चियो
वि.सं.२०७९ कात्तिक १२ शनिवार १८:१६

बारा–नेपाली कांग्रेसले शनिबार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर घोषणा पत्र सार्वजनिक गरेको छ ।
घोषणा पत्रमा बारामा राष्ट्रिय गौरबको आयोजना निजगढ–काठमाण्डौं फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विषय समेटिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेको घोषणा पत्रमा फास्ट ट्रयाकको विषय समेटिएको थियो भने नेपाली कांग्रेसको अफिसियल वेबसाइडमा भने निजगढ अन्तर्राष्ट्रि विमानस्थलको विषय समेटिएको पाईएको छ ।

सभापति देउवाले सार्वजनिक गरेको एक घण्टापछि वेबसाईडमा अपलोड भएको घोषणा पत्रमा विमानस्थलको विषय कसरी थपियो ? यसमा विषयमा हामीले यो सामाग्री तयार गरेका छौं ।
मन्त्री चौधरीको पहल
घोषणा पत्र सार्वजनिक भएपछि पार्टीका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीको सचिवालयमा खैलाबैला मच्चियो । उनकै क्षेत्रमा पर्ने विमानस्थलको विषय घोषणा पत्रमा नसमेटिएको थाहा पाएपछि मन्त्री चौधरीले यसबारेमा घोषणा पत्र मस्यौैदा समितिका संयोजक विश्वप्रकाश शर्मालाई सम्पर्क गरे ।
बारा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका मन्त्री चौधरी निर्वाचन क्षेत्रमा छन् । मन्त्री चौधरीको सचिवालयका एक सदस्यका अनुसार उनले फोन गरेर संयोजक शर्मालाई निजगढ अन्तर्राष्ट्रि विमानस्थल कसरी छुट्यो भनेर प्रश्न गरेका थिए । मन्त्री चौधरीलाई शर्माले त्यसलाई संसोधन गरेर प्रकाशन गर्ने जानकारी गराएका थिए । त्यसको केहिबेरमा कांग्रेसको वेबसाईडम्ँँ संसोधनसहित अपलोड गरिएको छ ।
मस्यौदा समितिका सदस्य शंकर तिवारीका अनुसार घोषणा पत्र तयार गर्दा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषय समेटिएपनि सम्पादन गरेर प्रकाशन गर्नेक्रममा छुटेको स्वीकार गरे । उनले त्यसबारेमा जानकारी आएपछि त्यसलाई समेटेर आधिकारिक रुपमा प्रकाशन गरिएको बताउँदै वेबसाईडम्ँँ रँखिएको घोषणा पत्र नै आधिकारिक भएको उल्लेख गरे ।
के छ घोषणा पत्रमा ?
कांग्रेसको घोषणा पत्रमा फास्ट ट्रयाकको विषयमा आगामी ५ वर्षभित्र निर्माण सम्पन्न भई सञ्चालनमा आउने उल्लेख छ भने विमानस्थलको सन्दर्भमा भने सबै विवादको निरुपण गर्दैै विश्वसनीय सम्भाव्यता अध्ययन गरेर सो को आधारमा प्रकृया अघि बढँईनेछ ।
वि.सं.२०७९ कात्तिक १२ शनिवार १८:१६

















