skip this farak Kura Pravakar

हेटौंडाको कर्रा खोलाको किनारमा महिला मृत फेला

795 shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० त्रिवेणीधाम नजिकै कर्रा खोलाको किनारमा सोमबार एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइनाक्वाटरकी ६५ वर्षीय सारदादेवी लमिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विहान करिब १० बजेको समयमा खोलाको किनारमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
महिलाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालस्थित शव गृहमा राखिएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630