माघ महिनामामात्रै नारायणी अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु
वि.सं.२०७८ माघ १७ सोमवार १८:२९

बीरगञ्ज । माघ महिनामामात्रै नारायणी अस्पतालमा ६ जना संक्रमितको मृत्यु भएको छ । रौतहटको एक जना कोरोना संक्रमित पुरूषको सोमबार मृत्यु भएसंगै नारायणीमा मृत्यु हुनेको संख्या ६ पुगेको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि माघ ११ गते उनलाई नारायणी अस्पतलमा ल्याइएका रौतहट राजपुर नगरपालिका–१ का ७७ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो ।
कोभिडसँग मिल्दोजुल्दो लक्षण देखाएपछि माघ १४ गते एन्टीजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नारायणीमा मृत्यु हुनेमा रौतहटका एकसहित तीन जना बारा, दुई जना पर्साका छन् । खोप नलगाएका र दिर्घरोग भएका व्यक्तिलाई बचाउन मुस्किल भइरहेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।
हाल अस्पतालमा १० जना संक्रममितको उपचार भइरहेको छ । जसमध्ये २ जना भेन्टिलेटर र २ जनालाई हाईफ्लो अक्सिजन सपोर्टमा राखिएको छ ।
वि.सं.२०७८ माघ १७ सोमवार १८:२९
















