वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर
वि.सं.२०७८ माघ २१ शुक्रवार १३:०६
852
shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए ।
महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।
उनलाई अख्तियारको टोलीले गत भदौ २१ गते दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।
आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार अनुसन्धानको क्रममा महर्जनले सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएको छ ।
वि.सं.२०७८ माघ २१ शुक्रवार १३:०६

















