skip this

बलात्कार अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

1.71K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बलात्कार अभियोगमा नेकपा एमालेका सांसद मोहन बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। एक शिक्षिकालाई बलात्कार गरेको अभियोगमा बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

पूर्वमन्त्रीसमेत रहेका बाँनियाले जुम्ला घर भएकी एक शिक्षिकालाई नेपालगञ्जस्थित होटल अप्सरामा लगेर बलात्कार गरेको आरोप लागेपछि जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा १० दिने मन्त्री बनेका थिए बानियाँ।

पक्राउ पुर्जीको सूचना जारी भएपछि सांसद बानियाँ फरार भएर काठमाडाै पुगेका छन् ।

जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सभामुखलाई पक्राउ पुर्जी जारी भएको कुरा जानकारी गराउनुपर्ने हुन्छ। सोहीअनुसार बाँके प्रहरीले सभामुख र प्रहरी प्रधान कार्यालयलाई जानकारी गराइसकेको छ।

२५ लाख रुपैयाँको चेक लिन भन्दै होटलमा बोलाएर ती शिक्षिकलाई बान्यिाँले बलात्कार गरेको आरोप छ। प्रहरीमा दिएको जाहेरीमा आफूलाई दिनुपर्ने उक्त रकम नदिई बलात्कार गरेको ती शिक्षिकाको दाबी छ।

पक्राउ पुर्जी जारी गरेकाेको जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले फरक नेपाल डटकमलाई बताए ।

सांसद बानियाँ अहिले काठमाडाैंमा हुनुहुन्छ, हामीले उनलाई सूचना गरि सकेका छाै। भाेली या पर्सी पक्राउ गर्ने तयारीमा अबस्थामा रहेकाे डीयसपी न्यौपाने भने ।

https://faraknepal.com/11410

https://faraknepal.com/11943

https://faraknepal.com/11835

https://faraknepal.com/11668

nijgadh-supermart-adz1200-630