बानेश्वरबाट एमसीसीविरुद्ध प्रदर्शन गर्ने ९२ जना पक्राउ
वि.सं.२०७८ फागुन ४ बुधवार १६:३८
1.02K
shares

काठमाडाैं । सरकारले (एमसीसी) प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि दिनभर प्रदर्शन भयो । प्रदर्शनमा झडप हुँदा पत्रकारसहित १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत घाइते भएका छन् ।
प्रदर्शनमा उत्रिएका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको छ।
एमसीसीको विरोधमा बुधवार नेकपा माओवादी केन्द्रका भातृसंगठन, राप्रपाको भातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू र ५ साना कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।
https://faraknepal.com/12573
https://faraknepal.com/12581
वि.सं.२०७८ फागुन ४ बुधवार १६:३८

















