skip this

राष्ट्रपतिसमक्ष राजदूतको शपथ

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवास बुधबार भएको समारोहमा राजदूत आचार्यले शपथ लिएका हुन्।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्रसचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन्।

nijgadh-supermart-adz1200-630