आजको मौसम : प्रदेश १ बाहेक देशभर सामान्य
वि.सं.२०७८ फागुन ५ बिहीवार ०७:१६
1.74K
shares

काठमाडौँ । हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।बाँकी भूभागमा मौसम सामान्य रहनेछ ।
भोलि (शुक्रबार) देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
वि.सं.२०७८ फागुन ५ बिहीवार ०७:१६

















