नेपाली जनताको चाहना मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण नै हो : मुख्यमन्त्री शाही
वि.सं.२०७८ फागुन ७ शनिवार ०८:३०

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली जनताको चाहना भनेको मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण नै भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।
प्रजातन्त्र प्राप्तपछि पनि नेपालमा विभिन्न कालखण्डमा आन्दोलनहरू भएका छन्,’उनले भने,‘ ती आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूको रक्षामा हामी सबै लाग्न आवश्यक छ।’ शाहीले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य दिएको बताएका छन् ।
साथै मुख्यमन्त्री शाहीले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा सबै नेपालीमा दिन सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन्। कर्णाली सरकारले प्रजातन्त्र दिवस ०७८ लाई ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ ।
वि.सं.२०७८ फागुन ७ शनिवार ०८:३०
















